झुम्का/नेपालको सुनसरी जिल्लाको एक मात्र धार्मिक तिर्थस्थल रामधुनीलाई विश्व सामु चिनाउन उद्धेश्यले साउन २८ गते “मिनि म्याराथुन” कार्यक्रम हुने भएको छ ।

“परिवर्तनका लागि दौडी रहन्छ युवा:तपाईको एक पाइला विकासको गन्तव्य सम्म” नाराका साथ साउन २८ गते अन्तर्रराष्ट्रिय युवा दिवसको अवसरमा झुम्काका आधा दर्जन क्रियाशिल संघ/संस्थाले “मिनि म्याराथुन” कार्यक्रमको आयोजना गर्न लागेको हो । 
यस बर्ष श्रावन २८ गते “शान्ति निमार्णमा युवा” मुल नाराका साथ विश्वभर युवा दिवस मनाइदैछ 

१००० जनाको संख्यामा पुरुष र महिला सहभगाी गराई पूर्वाञ्चल भरीकै लागि खुल्ला प्रतियोगिता गर्न लागेको अन्तर्राष्ट्रिय युवा दिवस मुल आयोजक समितिका संयोजक सुदिप अधिकारी आज पत्रकार सम्मेल गरी जानकारी दिएका छन ।

उक्त प्रतियोगितामा विजयी हुने प्रथमले रु १० हजार, दोस्रो रु. ७ हजार पांच सय, तेस्रो रु. ५ हजार , सान्त्वनाले रु. २ हजार र सान्त्वना २ दुई जनालाई रु. २ हजार सहित प्रमाण–पत्र प्रदान गरी सम्मान गरिने अधिकारीले बताए ।

मिनि म्याराथुन कार्यक्रम श्रावन २८ गते शनिवार झुम्काको लगौना चौकबाट विहान ६ः३० बजे सुरु भएर रामधुनी मन्दिर सम्मको ९ किलोमिटर यात्रा पार गर्र्नुपर्ने हुन्छ । साथै यस प्रतियोगितामा सहभागीका लागि फारम भर्ने श्रावन २६ गते सम्म रहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता रामधुनी नगरपालिका, जनसंख्या तथा वातारण संरक्षण संस्था, सुशासनका लागि यूवा, ईनोभेटिक सर्कल, खबर पाउँ र सकारात्मक परिवर्तनका लागि यूवा संघ÷संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen