झुम्का /नव निर्वाचित वाणिज्य मन्त्री तथा नेपाली कागं्रेसका केन्द्रिय सदस्य मिनबहादुर विश्वकर्माले रामधुनी लगायत सुनसरीका सबै स्थानिय तहको विकासको लागि मेरो पहिलो प्राथमिकता रहने बताएका छन ।
नेपाली काग्रेंस रामधुनी नगर समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य मन्त्री विश्वकर्माले रामधुनी एउटा नगर उन्मुख नगरपालिका भएकोले यहाँका पूर्वाधार स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी, सञ्चार तथा सडक बाटोलाई विकासको लागि सदैव सहयोग गर्ने, जुन सुकै बेला, जहिले पनि सहयोग गर्ने र आफु यो क्षेत्रको मन्त्री नभए पनि मेरो साथ र सहयोग हमेशा रहि रहन्छ भनि बताएका हुन ।


विशेष गरी रामधुनी नगरपालिका नेपालकै ऐतिहासिक धार्मिक दृष्ट्रिकोणले महत्वपुर्ण स्थलको रुपमा मानिन्छ, भगवान रामले साक्षात्कार रुपमा वासस्थानको प्रयोग गरी रामधुनीलाई पवित्र धार्मिक स्थल बनाई दिएकोले यसलाई वृहत्त विकास गुरु योजना अन्तर्गत अनुरुप विकास गर्ने मेरो पहिलो प्राथमिकता रहने छ भनि मन्त्री विश्वकर्माले प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा रामधुनी नगरका प्रमुख जयप्रकाश चौधरीले अब विकास निमार्णका कामलाई पहिलो प्राथमिकता दिई छिटो भन्दा छिटो काम गर्दै जाने बताएका छन । साथै सबै वडा अध्यक्ष तथा नव निर्वाचित सदस्यलाई जनताको कामलाई सजिलो र छिटो सम्पन्न गर्न दिनका लागि समेत आग्रह गरेका छन ।


कार्यक्रममा वडाका नव निर्वाचित अध्यक्ष, सदस्य, कागं्रेसका भातृ संगठन, इकाई समिति, नगर समिति, क्षेत्र र प्रदेशका नेताका साथै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त स्वागत तथा सम्मान कार्यक्रम नेपाली काग्रेंसका नगर सभापति सुदिप अधिकारीको सभापतित्वमा सम्पन्न हुनका साथै कार्यक्रम नगर सचिव दिलबहादुर राईले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen